1205778418

काठमाडौं, २५ कात्तिक ।
नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ६० जनाको पिसिआर परीक्षण गरिएकोमा थप दुई हजार ७ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
योसँगै नेपालामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा थप ८ सय ५३ जना कोरोना संक्रमित स्वस्थ भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here