काठमाडौं २५ कात्तिक ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।
यस्तै, मंगलबार नेपालमा थप २ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने अहिलेसम्म १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here