पर्सा २४,कात्तिक ।
वीरगञ्जबाट स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैन छन्।
वीरगञ्ज महानगरपालिका ८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त रुपैयाँसहित फेला जैन पक्राउ परेका हुन्।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।








