गौशाला २४ कात्तिक।

महोत्तरीको गौशालामा मोटरसाईकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।आईतवार गौशालाबाट सम्सीतर्फ तिब्रगतीमा जादै गरेको बिआर ३० एक्स ९२३२ नंम्बरको भारतीय मोटरसाईकलले सोही दिसाबाट साईकलमा सबार भई जाँदै गरेका साईकल यात्री स्थानीय बर्ष ४५ वर्षीयछोटु मुखियालाई वडानम्बर २ निगौलस्थिलमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गौशालाका अनुसार ठक्कर दिएर मोटरसाईकल चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक प्रकाश रेग्मीले जानकारी दिए । शवको पोष्टमार्टमका लागि जलेश्वर पठाईएको र घटना समबन्धमा थप अनुसन्धान भइरहको प्रहरी निरिक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here