काठमाडौं २१ कात्तिक ।
स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नागढुङ्गाबाट एकजना पक्राउ परेका छन् । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नवलपरासी९पश्चिम०को पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु।१ ख ८६५२ नम्बरको बस नागढुङ्गामा चेकजाँच गर्ने क्रममा गुप्ता पक्राउ परेका हुन् ।
झोला र कम्मरपेटीमा लुकाएर ल्याएको अवस्थामा १ हजार दरका उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । संभार अनलाइनखबर







