रौतहट २१ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आज राति १२.०० देखि लागुहुने गरि मङ्सिर १७ गते मध्यरातसम्म निषेधाज्ञा जारी गरेको छ।
नजिकिदै गरेको तिहारलगायत चाडपर्वमा सांस्कृतिक कार्यक्रमहरु हुने मानिसहरूको आवतजावत र चहलपहल बढ्ने हुँदा जसको कारण समुदायमा अझै कोरोना संक्रमण फैलिन सक्ने भएकोले त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा हस्ताक्षरित सूचनामा निषेधाज्ञा जारी गर्नु पर्नाको कारण र निषेधाज्ञामा गर्न नपाईने गतिविधिको बारेमा स्पष्ट उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here