विराटनगर २१ कात्तिक।
विराटनगरका एक उपभोक्ताले आफूले खरिद गरेको कोशी ग्यासको सिल लागेको एउटा सिलिण्डर करिब साढे ३ किलो कम तौल भएको पाइएको बताएका छन् ।
विराटनगर महानगरपालिका २ तीनपैनीका उपभोक्ता रतनकुमार बर्माले खरीद गरेको कोशी ग्यासको सिलिण्डरमा तीन किलो ३०० ग्राम कम पाइएको हो । भरिएको ग्यास सिलिण्डरको तौल २९ किलो ६ सय ग्राम हुनुपर्नेमा २६ किलो ३ सय ग्राम मात्र पाइएको थियो ।प्रत्येक सिलिण्डरमा ग्यास उद्योगहरुले १४ किलो २ सय ग्राम ग्यास भरेर बजारमा पठाउने गर्दछन् ।
बर्माले बिहीबार दुईवटा सिलिण्डर खरिद गरेका थिए । जसमा एउटामा कम तौल पाइएको हो ।कम ग्यास फेला परेको खाली सिलिण्डरको तौल १५ किलो ४ सय ग्राम रहेको कम्पनीद्वारा प्रिन्ट गरिएको सूचनामा उल्लेख छ ।
ग्यास बिक्री गर्ने टेम्पु चालकसँग खरिद गरेको एउटा सिलिण्डरमा कम तौल भेटिएको उँहाले बताउनुभयो।
यता कोशी ग्यास उद्योगका व्यवस्थापक सचित उपाध्यायले उद्योगबाट कम तौलको सिलिण्डर बजारमा नगएको दाबी गरेका छन् । उद्योगमा अटोमेटिक मेसिनबाट ग्यास भरिने बताउँदै उँहाले बजारमा बिक्री गर्नेले कमजोरी गरेको हुनसक्ने बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here