रौतहट २० कात्तिक।
रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको वडा न. २ स्थित हनुमान मन्दिरको पुजारीलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका २ जनालाई पुर्पक्षका लागि गौर कारागार चलान गरिएको छ ।
बुधवार जिल्ला अदालत रौतहटले पुर्पक्षका लागी आदेश दिएपछि गौर कारागार चलान भएका हुन । पुजारी हत्याको अभियोगमा पक्राउ परेका देवाही गोनाही नगरपालिका १ करुनियाका ३६ बर्षिय नरेश पटेल र जयनारायण राउत पटेललाई जिल्ला अदालत रौतहटले बुधबार पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि गौर कारागार चलान गरिएको हो ।
हनुमान मन्दिरका ६५ बर्षिय पुजारी श्रीराम साहलाई गत भदौ ३ गते राति खाना खाइरहेको अवस्थामा कन्चटमा गोली हानेर हत्या गरेका थिए । माधवन नारायण नपा २ खेसरहिया चोक स्थित हनुमान मन्दीरमा पुजारीको काम गर्दै आएका साहलाई गोली हानेर फरार भएका मध्ये २ जनालाई प्रहरीले भदौै १७ गते पक्राउ गरी कारवाहीको लागि अदालतमा पेश गरिएको थियो । सम्मानित अदालतबाट प्रहरी नियन्त्रणमा रहेका पटेलद्धयलाई पुर्पक्षका लागि गौर कारागारमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिनु भयो ।







