रौतहट २० कात्तिक ।
गत असोज ६ गते रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं ४ हरैया पल्टुवामा घाँस काटन गएकी एक १६ बर्षीय युवतीको बलात्कार पछि हत्या भएको थियो।
आफ्नो बाजेको घरमा बस्दै आएकी सन्झा कुमारी साहको घरभन्दा केही पर उखुबारीमा शव फेला परेको थियो ।
मृतक सन्झा कुमारी साहलाइ ललाई फकाई प्रलोभन दिई जवरजस्ती करणी गरी हत्या गरेर फरार रहेको वृन्दावन नगरपालिका वडा नं.४ पलटुवा का ४५ चुनु साह तेली साहलाई २ न प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी टोलीले गरुडा नगरपालिका वडा न ४ स्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि असोज २९ गते बिहिबार सार्वजनीक गरेको थियो।

सरकारी वकिल कार्यालय रौतहट मार्फत सम्मानित रौतहट जिल्ला अदालतमा पेश गरिएका तेलीलाइ बुधबार सम्मानित रौतहट जिल्ला अदालतको आदेशबाट मुद्दा पुर्पक्षको लागि गौर कारागार रौतहटमा जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here