काठमाडौं २० कात्तिक ।
नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ८५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ६८ पिसिआर परीक्षण गर्दा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा १२ सय ९ महिला र १८ सय ४२ जना पुरुषमा गरि थप ३ हजार ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या एक लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ३ हजार ४ सय ३० जना कोरोना सङ्क्रमण पछि स्वस्थ भएका छन् ।
योसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ४८ हजार ४ सय ८ पुगेको छ । यो दर कुल सङ्क्रमितको ७९ दशमलव ८ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here