काठमाडौं, २० कात्तिक ।
नेपालमा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।
यो दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो । यस्तै आईसीयूमा उपचाररत कोरोना संक्रमितको संख्या एकै दिनमा एक सय ३ को दरले बढेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालभर ४ सय २८ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् । बुधवार आईसीयूमा उपचाररतको संख्या ३ सय ७९ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here