जनकपुधाम १५ कात्तिक ।

जनकपुरमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने भारतको सीतामढी थाना बथनाहा ग्रामपञ्चायत भुतही–५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साह रहेको प्रहरीले जनाएको छ । उनी जनकपुर उपमहानगरपालिका–७ भमरपुरा चोक डेरा गरी बस्दै आएका थिए।

साहले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले आइतबार अदालतमा मुद्दाको म्याद थप गराई अनुसन्धान गर्ने जनाएको छ। सभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here