रौतहट,१५ कात्तिक ।
रौतहट जिल्लाको गरुडा नगरपालिका अन्तर्गत वडा नं.९ श्रीपुरमा रहेको संकल्प कृषि कृषक समुह द्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दिपावली र छठ पर्व अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी जनता समाजवादि पार्टीका युवा नेता अनिल कुमार यादबले क्षेत्र नं.३ का सांसद प्रभु साहलाई लक्षित गरि विकास प्रेमी नेता नामले मात्रै नभई कामले हुनु पर्ने टिप्पणी गर्नु भएको हो ।

युवा नेता यादवले माननीय साह गरुडा नगरपालिका भित्रका वडाहरुबाट समेत भोट लिई चुनाव जितेको तर यी नपाका वडाहरु कुनै विकास नगरेको आरोप समेत लगाउनु भयो ।

आयोजित कार्यक्रममा जसपाका नेता राज कुमार दास, गरुडा नगरपलिका वडा नं ९ वडा अध्यक्ष राजेश कुमार सहनी, वडा अध्यक्ष प्रत्यासी राजेन्द्र साह, लगायत सयौ कृषकहरु उपस्थिति रहेको थियो ।