सर्लाही १४ कातिक ।

सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा एक घरमा आगलागी हुदाँ १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सर्लाही बरहथवा नगरपालिका १४ लालदियर निवासी राम विहारी महतोको घरमा आगलागी हुदाँ उक्त मूल्य बराबरको क्षति भएको छ।

घरको सबै मानिसहरु छिमेकमा लागेको नाच हेर्न गएको बेला ईटा सिमेन्ट र काठले बनेको जस्ता र अल्वेस्टरले छाएको २ तत्ले ८ वटा कोठा भएको घरमा अचानक आगलागी हुदाँ धान अंदाजी ३० मन ३० हजार चामल, गहुँ दाल।५० हजार, लत्ताकपडा र

भाँडा बर्तन गरी ७० हजार, टि भि,सिलाई मेसिन र दराज गरी ९० हजार, काठको खाट थान ४ थान ५० हजार, सुन २ तोला , चाँदी १० तोला गरी।२ लाख १० हजार र घरको मुल्य।१० लाख गरी अन्दाजी १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाए ।

कोही नभएको वेलामा अचानक आगलागी भएको भन्ने खबर ०२ः०० बजे प्राप्त हुन साथ इ।प्र।का।हिरापुरबाट प्र ना नि।दिपेन्द्र बहादुर मल्लको कमाण्डमा ६ जना, इ।प्र।का।बरहथवाबाट प्र।स।नि।विकरु मण्डलको कमाण्डमा ४ जना, शसस्त्र प्रहरीका प्र।नि।को कमाण्डमा ४ जनाको टोली, हरिवन न।पा।को दमकल र

स्थानिय मानिसहरुको सहयोगमा आगोलाई दुई घण्टाको लामो प्रयासपछि नियन्त्रणमा लिएको छ। आगलागी समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको, घर पूर्ण रुपमा क्षति भएको तर कुनै चौपाया क्षती नभएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here