काठमाडौं, १२ कात्तिक ।
नेपालमा थप २४ घन्टामा ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ । यस्तै हाल नेपालभर २ सय ९० जना कोरोना संक्रमितको उपचार आईसीयूमा उपचार भइरहेको छ भने ७२ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ । बागमती प्रदेशमा १ सय ७८ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आईसीयू र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै सुदुरपश्चिममा ५ आईसीयूमा, गण्डकी प्रदेशमा १५ आईसीयू र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आईसीयू उपचाररत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here