सिरहा ११ कात्तिक ।
पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । नरहा गाउँ पालिका ३ खोरियाका गुलजार सेखका छोरा वर्ष १० को अनजार र ८ वर्षका यहसानको शव सोमबार वेलुका गाउँ देखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा शव भेटिएको हो ।

घरबाट दिउसो ३ बजेदेखि हराईरहेका उनीहरुको खोजतलास गर्ने क्रममा दुवै दाजुभाईको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरु माछामार्ने वा नुहाउन पाखरीमा पसेको हुनसक्ने बताएको छ । घटनाबारे अझै अनुन्सधान भईरहेको जनाएको छ । वडा अध्यक्ष अनिसुल अन्सारीले गाउँमा बच्चाहरु हराईरहेको हल्ला चलेपछि खोज्दै जाने क्रममा बेलुकी ७ बजेको आजपास गाउँलेले नै पोखरीमा तैरिरहेको अवस्थामा देखेको बताए ।

दुवै शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपाप्रसाद मुरारका स्मारक अस्पतालमा लगिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here