गुल्मी ११ कात्तिक।
रेसुङ्गा नगरपालिकामा जुवा खेलिरहेका वडाध्यक्षसहित ११ जना पक्राउ परेका छन् । रेसुङ्गा–७ का अध्यक्ष मोहन प्रसाद पाण्डेसहित ११ जनाको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरुलाई जुवा खेलिरहेको पाएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ३२ हजार नगर बरामद गरेको छ ।
संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here