सर्लाही ५ कार्तिक ।
सर्लाही बाट प्रहरीले लागूऔषध गाँजा र धारिलो हतियारसहित दुई जना पक्राउ गरेको छ। लालबन्दी नगरपालिका १ नवलपुर बागवानी जंगलबाट दुइजनालाइ आज (बुधवार) बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा हरिवन नगरपालिका–२, डाबरीका २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतो छन्। ईलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी हवल्दार सुधिर कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रदेश २–०–३००१ प ८०६३ नम्वरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई १५ किलो गाँजा र २ फिट फलामको धारिलो हतियार तरबारसहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here