रौतहट, २ कार्तिक ।
मेची महाकाली बुहारी सयुक्त आजाव रौतहट र बाराको सयुक्त प्रयासमा विछोडिएका श्रीमान् श्रीमति एकत्रित भएको खबर प्राप्त भएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं १० का सुशील प्रसाई र उनकी श्रीमती कल्पना प्रसाईलाई आज आईतबारका दिन मेची महाकाली बुहारी संयुक्त आवाज रौतहट र बारा जिल्लाको टीमको प्रयासले मिलापत्र गराउदैं एकत्रित गरेको हो ।
श्रीमतिसंग मिलापत्र गराईदिन पिडक प्रसाईले मेची महाकाली बुहारी सयुक्त आवाज रौतहटलाई अनुरोध गर्दै गएको बिहीबार पत्र लेखे पछि सयुक्त आवाज रौतहटले बारा जिल्लामा रहेका निज प्रसाईका श्रीमतिलाई मिलाउन पहल गर्न आफनो बाराका टिमलाई अनुरोध गरेका थिए ।
मेची महाकाली बुहारी सयुक्त आवाज बाराका अध्यक्ष सावित्री बराल तिमिल्सीना तथा उनका टिमले ईलाका प्रहरी कार्यालय निजगढको सहयोगमा प्रसाइका बारा जिल्ला कोल्हबी नगरपालिका हनुमानगंज माईत भएकी श्रीमति समक्ष पुग्न सफल भएका थिए ।
लगातारको प्रयास पछि आज प्रसाईलाई उनको श्रीमतिसंग इलाका प्रहरी कार्यालय निगजढ, बारामा मिलापत्रको कागज गराई जिम्मा लगाइएको रौतहटका बुहारी सयुक्त आवाजका संयोजक पाठकले रेडखबरलाई जानकारी गराउनु भयो ।
पिडित श्रीमान् प्रसाईले श्रीमतिसंग मिलाई दिएको भन्दैं मेची महाकाली बुहारी संयुक्त आवाज रौतहट र बारालाई धन्यबाद यस्तो कार्यमा सहयोग पुर्याउने ईलाका प्रहरी कार्यालय बारा प्रति आभार प्रक्ट गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here