काठमाडौं, १ कात्तिक ।
नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो । यस्तै हाल नेपालभर २ सय ९० जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ६६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here