रौतहट, ३० असोज ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाले आफनो चौथो नगरसभा शुक्रवार सम्पन्न गरेको छ ।
आन्तिरीक बाडफाडमा सहमति नभएका कारण सरकारले तोके समय असाढ मसान्त भित्र नगर सभा गर्न नसकेको फतुवा विजयपुर नगरपालिकाले दशैलाई लक्षित गर्दै शुक्रवार मात्र नगर सभा सम्पन्न गरेको हो ।
नगर प्रमुख गोपाल राय यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि नगरसभाबाट ५४ करोड २० लाख १३ हजार १३ सय १९ रुपैया बजेट पारित गरेको छ ।
कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार गुप्ताले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरेका छन् ।
आज सम्पन्न नगरसभाबाट शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकता नगर उपप्रमुख कान्ति देवीले जानकारी दिनुभयो ।
सम्पन्न नगरसभामा नगर प्रमुख एवम उपप्रमुखले आफना नजिकका व्यक्तिहरुलाई मात्रै निमत्याएको आरोप स्थानीयबासी एवम नगरका विभिन्न पदका प्रत्यासीहरुले लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here