रौतहट, ३० असोज ।
जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलि ल्याएका सर समानहरु आवश्यक कार्यवाहीका लागि गौर भन्सारमा बुझाएको छ ।
भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत मिति २०७७।०६।३० गते अंन्दाजी ०७ बजे को समयमा जिल्ला प्रहरी कर्यालय र मातहत अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं. २ महादेवपट्टी स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याएको अंदाजी मुल्य रु.१,९९,३००। ( एक लाख उन्नासय हजार तीन सय) बराबरको धुप, चिनी, कुर्ता सुरुवाल, साडी, सल, जिन्स पाईन्ट, गंजी, अण्डर वेयर, सर्ट लगायतका अन्य सर सामानहरु वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि आज मिति २०७७।०६।३० गते गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here