पर्सा २९ असोज ।
पर्सा र बारामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा गएराति १९२ जनाको थ्रोट स्वाबको परिक्षणको नतिजा आउँदा पर्सामा २१ र बारामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साका १५८ र बाराका ३४ जनाको परिक्षण गरिएको थियो ।

पर्सामा संक्रमण पुष्टि भएकामध्ये अधिकतम वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा चार, वडा नम्बर ४, १५ मा दुईरदुई जना, वडा नामबार ७, ११, १४, १८ र २२ नम्बर वडामा एक÷एक जना र वडा खुल्न नसकेको ४ जनामा संक्रमण देखिएको डाक्टर चौरसियाले बताए ।

उनले वीरगञ्जमा थपिएका संक्रमितमध्ये ३ जना नेपाली सेनामा कार्यरत जवान रहेको जानकारी दिए ।

त्यस्तै पर्साको पोखरिया नगरपालिका वडा नम्बर २ मा तिन र वडा नम्बर ५ मा एक जना संक्रमित थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here