रौतहट, २८ असोज ।
रौतहटको सदरमुकाम गौर नगरपालिका भित्र रहेको विधालयहरुलाई गौरी शंकर यादव फाउन्डेशन गौरका अध्यक्ष मोहन यादवले स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छन् ।

फाउन्डेशनका अध्यक्ष एवम समाजसेवी मोहन कुमार यादवले नगरको वडा नं. ७ भित्र रहेको श्री भगवती आधारभुत विद्यालय कुडवा, श्री आधारभुत विद्यालय सिसवा, श्री आधारभुत विद्यालय सवगढा र आधारभुत विद्यालय गढवामा सेनिटाईजर, फेस शिल्ड र वर्किंग ग्लोब वितरण गरिएको छ ।


फाउन्डेशनका अध्यक्ष यादवले गौर नगरपालिकाका शिक्षा संयोजक गणेश गिरीको उपस्थितिमा कोरोनाको कहरका विच संचालनमा आएका विधालयका शिक्षक तथा विधार्थीहरुलाई स्वस्थ रहने उदेश्यले हैन्ड सेनेटाइजर ५ लिटर, स्तरिय माक्स १५ थान र हैण्ड वासिंग ग्लोब १० थानका साथै अन्य सामग्रीहरु विधालयका प्रधानाध्यापकहरुलाई हस्ताणतरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here