सप्तरी २६ असोज ।
सप्तरीबाट लागु औषध गाँजासहित तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा गएको सशस्त्र प्रहरी बल गण नं ६ हेडक्वाटर राजविराज तथा इलाका प्रहरी कार्यालय छिन्नमस्ताको संयुक्त टोलीले भारतीय सीमानाकासँग जोडिएको छिन्नमस्ता गाउँपालिकाको दशगज्जा क्षेत्रबाट आइतबार लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका ३ का २७ वर्षिय सुभाष यादव, २२ वर्षिय सनोज यादव र राजविराज नगरपालिका २ का २० वर्षिय रामकुमार यादव छन् । उनीहरुको साथबाट नाइट्रोजन ट्यावलेट, कोरेक्स सिरप तथा प्रतिबन्धित गाँजा लगायतका लागुऔषध बरामद गरिएको गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो। पक्राउ परेका उनीहरु माथि आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै आइतबारै सशस्त्र प्रहरीले भारततर्फ लुकिछिपी लैजाँदै गरेको पाँच थान गाईगोरु सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको छ । ।
गाईगोरु चोर बाटो हुँदै भारततर्फ लैजाँदै गरेको गोप्य सूचना आएपछि खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले लौनिया क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया थालेको सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here