सिरहा २६असोज ।
सिरहामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका ५ का ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ ।
आइतबा मध्याहन्न १२ बजे घर नजिकैको कमला नहरमा नुहाउ पसेका सदा बेपत्ता भएका थिए । खोजतलासको क्रममा १० घण्टा पश्चात राति १० बजे उको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।
सदाको शव नहरको उतरपटी बालुवामा पुरिएको अवस्थामा फेला पारेको हो । सदाको शवलाई पोस्टमार्टमको लागि लहान लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here