काठमाडौं, २६ असोज ।
नेपालमा थप ९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ महिला र ७ जना पुरुष गरि थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीका ३७, ८९ र ९० वर्षीय पुरुष, काठमाडौंकी ७१ वर्षीया महिला तथा ६३ र ६७ वर्षीय पुरुष, ललितपुरका ५० वर्षीय पुरुष, चितवनकी ४० वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । यो दर कुल संक्रमितकोे शून्य दशमलव ५८ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here