1205778418

काठमाडौं, २६ असोज ।
नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिढ १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १४ हजार ५ सय ३० पिसिआर परीक्षण गरिएकोमा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २२ पुगेको बताए । यस्तै पछिल्लो २४ घन्टामा थप १ हजार ४ सय ७३ जना कोरोना संक्रमण पछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ । यो दर कुल संक्रमितको ६९ दशमलव १ प्रतिशत हो । यसैगरि हाल नेपालमा घ३ हजार ८ सय ८० सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये १३ हजार ९ सय २३ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here