वीरगञ्ज २६ असोज ।
वीरगञ्जस्थित नारायणी अस्पतालका बालरोग विशेषज्ञ डा. पन्नालाल पटेलको मृत्यु भएको छ । आइतबार दिउँसो ३ः४५ बजे दिल्लीस्थिती एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
डा. पटेल विगत ३ महिनादेखि दिल्लीमा ब्लड क्यान्सरको उपचार गराउँदै आएको नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव डा. उदय सिंहले जानकारी दिए ।
उनलाई ३ दिन अगाडी एक्कासी ज्वरो आएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सेप्सीसका कारणले मृत्यु भएको अस्पतालले जनाएको छ । टु्डेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here