रौतहट, २५ असोज ।
रौतहटकै पहिला नगरपालिकाको रुपमा रहेको गौर नगरपालिकाको अगामी मेयरमा पनि अजय कुमार गुप्ताको विकल्प नरहेको गौरीबासीहरुले प्रतिक्रिया दिन थालेको छ ।
करिब विस वर्ष पछि भएको स्थानिय तहको निर्वाचबाट निवार्चित जनप्रतिनीधीहरुले विगत तिन वर्षमा गरेका कृयाकलापहरुको मुल्यांकन गर्ने क्रममा गौर नगरपालिकाका बासीन्दाहरुले यस्तो प्रतिक्रिया ठाउँ ठाउँमा दिन लागेको हो ।
गौरीबासीहरुका अनुसार विगतका वर्षहरुमा मेयर गुप्ताले समान्य कार्यहरु गरेता पनि अघिल्लो वर्ष देखि क्रमिक रुपमा योजनाहरुलाई अन्तिम रुपमा दिन थालेको देख्दा आफुहरुले पहिलेका कुराहरु विर्सेर पुन यस्तै मेयर अर्थात अजय गुप्तालाई नै चयन गर्ने मन्साय बनाएको बताउन थालेका छन् ।
प्रशासनिक हिसाबले पनि बलिया देखिएका मेयर गुप्ता आफुले भनेको बाचाहरु क्रमिक रुपमा पुरा गर्ने कार्यमा लागि परेको चर्चा परिचर्चा गौरका चिया पसल, पान पसल तथा विभिन्न बृद्धिजीवीहरुको सर्कलमा हुन थालेको पाईएको छ । हुन त अगामी निर्वाचनको समय अहिले पनि लगभग २ वर्ष बाकी रहदा अहिले देखि नै नगरपालिकाको उम्मेदवारहरुको विगविगी भन्ने व्यापक देखिन थालेको देखेर आफुहरुले पनि आफना जनप्रतिनिधी दहरो र बलियो चुनने मनसायमा रहेको गौरबासीहरुको बुझाई छ ।
अन्य उम्मेदवारहरुले नगरपालिकाका लागि भए पनि मेयर गुप्ता जस्तो भन्नेका कुरामा अडान लिएर बस्ने र आफुले बोलेका कुरा ढिलो चाडो भए पनि पुरा गराउने कार्यमा निरन्तर लागि रहने मेयर अरु हुन नसक्ने समेत गौरबासीहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here