रौतहट, २५ असोज ।
जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छलि नेपाल भित्राएको अवैध समानहरु बरामद गरि आवश्यक कार्यवाहीका लागि गौर भंसारमा बुझाएको छ ।
जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने योजना अन्र्तगत गएको २३ गते भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएका कष्टमेटिक सर सामानहरु आठ हजार चार सय चौध मुल्यका र सोही दिन अस्थायी प्रहरी पोष्ट बसपार्क र महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.२ महादेवपट्टी र वडा नं.४ बसपार्क स्थितबाट अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका एक लाख तेह्र हजार तीन सय पच्चीस रुपैया मुल्य बराबरको रेडिमेड कपडाहरु, थान कपडा, जिन्स पाईन्ट, लंहगाहरु भन्सार बझाएको हो ।
त्यस्तै जिप्रकाले २४ गतेका दिन खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ कानुटोल स्थितमा एक लाख चौवालीस हजार पाँच सय बिस मुल्य बराबरको लेडिज सेन्डल, लडिज लखानी चप्पल, जेन्स चप्पल, जेन्स जुताहरु र लहठी लगायतका सर सामानहरु भन्सारमा बुझाएको हो ।
गएको २३ गते र २४ गते विभिन्न स्थानबाट बरामद गरेको सामग्रीहरुको जम्मा दुई लाख छसठी हजार दुई सय उन्नसाठी रहेको र आवश्यक कारवाहीको लागि आईतबार गौर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here