काठमाडौं, २५ असोज ।
नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयको नियमति कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ७५ पुगेको बताए । यस्तै पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । यो दर कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो । हाल नेपालमा ३१ हजार ३ सय १५ सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १७ हजार ६ सय ६६ जना होम आइसोलेसनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here