काठमाडौं, २५ असोज ।
नेपालमा थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ महिला र १७ जना पुरुष गरि थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंकी ६६ वर्षीया, सुनसरीकी ६३ वर्षीया, धनकुटाकी ६१ वर्षीया, मकवानपुरकी ८५ वर्षीया र चितवनकी ७५ वर्षीया गरि ५ जना महिला रहेका छन् । यस्तै मकवानपुरका ४७ र ९८ वर्षीय, सर्लाहीका ३८ वर्षीय, ललितपुरका ४९ वर्षीय, भक्तपुरका ४४ र ५७, नुवाकोटका ७७ वर्षीय, उमेर नखुलेको एक जना पुरुष, सिन्धुपाल्चोकका ६३ वर्षीय, रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय पुरुष र काठमाडौंका ६०, ७०, ७५ र ८३ वर्षीय, सुनसरीका ६५ वर्षीय पुरुषहरुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here