सर्लाही २३ असोज ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहिवार बिहान ईश्वरपुर नगरपालिका ५ सखुवनीबाट बयलवासतर्फ आइरहेको ना ५ प ३६९१ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको हो। मृत्य हुनेमा सखुबनीकै ६५ वर्षीय पुरुषोत्तम प्रसाद कोइराला छन्।दुर्घटनामा गम्भीर घाइते भएका कोइरालाको बयलवासमा सामान्य उपचार गरी धुलिखेल अस्पताल रेफर गरिएको थियो। उनलाइ अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here