वीरगञ्ज २२ असोज ।
पर्साको पटेर्वासुगौली ५ देवरियाबाट १३१ केजी अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय राजु भनिने राज ओझैया रहेका छन् ।

राजुको घरमा बिहीबार बिहान छापा मार्दा लुकाएर राखिएको अवस्थामा १३१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

प्रहरीका अनुसार पक्राउ परेका राजु वडा नम्बर ५ का वडा सदस्य दुखी ओझैया थारुका छोरा हुन् । वडा सदस्य दुखीभने छोरासँग छुट्टिएर बसेको र कारोबारमा संलग्न नदेखिएको प्रहरीको दाबी छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here