काठमाडौं, २२ असोज ।
नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ महिला र ८ पुरुष गरी १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीका ३९, धनुषाका ७०, काठमाडौंका ५८ र ९१, चितवनका ८१, ८१ र ९२ र कास्कीका ८३ वर्षीय पुरुष रहेका छन् । यस्तै काठमाडौंकी ७९ वर्षीया, ललितपुरकी ७३ वर्षीया, सुर्खेतकी ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा २ सय ३५ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ४२ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here