जाजरकोट, २१ असोज ।

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्ष सहित पाँचजनाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिकामा भएको उक्त दुर्घटनामा दुइ जना बेपत्ता समेत रहेको प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका–१ औलखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका–११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको उनले बताए । घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको छ । जिप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको डीएसपी श्रेष्ठले जानकारी दिए। संभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here