गुल्मी २१ असोज ।
गुल्मीमा आफनै बाबुको हत्या गरी फरार भएका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेत रहेका छन् । अनिलको कुटपिटबाट ६० वर्षीय बाबु दिलबहादुर बस्नेतको मृत्यु भएपछि उनी फरार भएका थिए ।

गुल्मीका प्रहरी नायव उपरिक्षक डीएसपी केदारराज पन्तका अनुसार अनिललाई वडा नम्बर १ हर्पुकोटस्थित फुपु दिदीको घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

आफ्नै घरमा आइतबार साँझ अनिलले कुटपिट गर्दा उनको बाबु दिलबहादुर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका दिलबहादुरलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

पक्राउ परेका युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी पन्तले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here