काठमाडौं २० असोज ।
रामेछापको दोरम्बा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार राति ९ बजेतिर दोरम्बा गाउँपालिका–४ सानो शैलुङ स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो। काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोबाट डिजेल लिएर रामेछापको सानो शैलुङ तर्फ आउदै गरेको ना ७ त ८७३ नं को ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा ट्याक्टर चालक दोरम्बा गाउँपालिका ७ पुडिटारका २७ वर्षीय चालक पेमा लामा र ट्याक्टरमा सवार सोही स्थानका ५५ वर्षीया फुर्वा दोर्जेको घटना स्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी वसन्त पाठकले जनाकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here