चितवन १९ असोज ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।
यही असोज १५ गते कलेजामा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो ।
उनको कोभिड आइसियू कक्षमा राखी उपचार हुँदाहुँदै आज साँझ ५ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले जानकारी दिए । चितवनमै आज बिहान मात्र भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here