बुटवल १९ असोज।
कोरोनाभाइरसको संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका १३ की ६५वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले रातोपाटीलाई बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा आइतबार बिहान भर्ना भएकी महिलाको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना पुष्टि आइतबार नै भएको थियो ।








