गुल्मी १९ असोज ।
गुल्मीदरबार गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । गुल्मीदरबार १ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १५ वर्षीय धन बहादुर माझीको घटनास्थलमै मृत्यु भएको हो ।
लु ४ त २८३३ नम्बरको ट्याक्टरको स्ट्यान भाँचिन गई ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिनुभयो । ट्याक्टरमा सवार अन्य दुईजना घाइते भएका छन् ।
ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० वर्षीय रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालिका–१ का १५ वर्षीय लाल बहादुर बुढा मगर घाइते भएका छन् । ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र थप उपचारको लागि मजुवा पठाइएको पन्थले बताउनुभयो । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here