बारा १९ असोज ।
चोरी पैठारी गरी अवैध तरिकाले मदिरा तस्करी गर्न खोजिरहेको अवस्थामा बारा प्रहरीले अवैध घरेलु मदिरासहित दुई युवकलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय जीतपुरले आइतबार ट्रकसहित दुई जना युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ३७ वर्षीय भिमसेन पुलामी र वडा नम्बर १४ बस्ने ३३ वर्षीय लक्ष्मण बल छन् ।







