रौतहट १८ असोज ।
रौतहका अपाङगता भएका ब्यक्तिहरुको अधिकार कटौती गरेको भन्दै प्रधानमन्त्रिलाई ज्ञापन पत्र पठाइएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत आइतबार प्रधानमन्धिलाई ज्ञापन पत्र पठाइएको रौतहट अध्यक्ष नितेश कुमार गुप्ताले रेड खबरलाई बताउनु भयो । नेपाली जनताको लामो संघर्ष, सहिदहरूको बलिदानी र त्याग पश्चात जारी भएको समाजबाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अनुसारको पहिलो आम निर्वाचनबाट बनेको लगभग दुइ तिहाइको बहुमत र इतिहासकै बलियो कम्युनिष्ट सरकारले समाजमा पछि परेका वर्ग, क्षेत्र र समूदाय लगायत अपांगता भएका व्यक्तिहरूको समेत सशक्तिकरण गरी थप अधिकार प्रदान गरेर स्वतन्त्र र स्वाबलम्बी तथा स्वाभिमानी नागरिक बनाउला भन्ने आशा रहेकोमा सरकार बनेदेखि विगतमा प्राप्त भएका अधिकारहरू समेत बारम्बार कटौती गरी अपांगता भएका व्यक्तिहरूलाइ निराशा बनाउने काम प्रति राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, रौतहटको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । नेपाल सरकारसँग आफ्ना मागहरू अभिलम्ब सुनुवाइ गरी अधिकारहरू स्थापित गराइ दिन समेत अपिल गरेको छ । कोरोना महामारीको समयमा सरकारले राहत दिनुको सट्टा अति अशक्त अपांगता भएका व्यक्तिहरूले खाइपाइ आएको सामाजिक सुरक्षा भत्ता सरकारले कटौती गरेको तथा कडा विरोध प्रदर्शन पश्चात केहि समयका लागि प्रदान भएको सामाजिक सुरक्षा भत्ता वितरणमा हाल राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले रोक लगाएको मा अभिलम्ब सामाजिक सुरक्षा ऐन २०७५ र नियमावली तुरून्त ऐन संशोधन गरी भत्ता नियमित उपलब्ध गर्न माग गरिएको छ । त्यसैगरि सरकारले हाल सालै जारी गरेको अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी नियमावली २०७७ अनुसार प्रदान गरिने सेवा तथा सुविधाहरूमा अपांगता भएका व्यक्तिहरू बीच भएको विभेदलाइ हटाइ अपांगताको प्रकृति र आवश्यकता अनुसार सेवा तथा सुविधा दिने गरी नियमावलीको संसोधन गर्न पनि राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, रौतहटले अनुरोध गरेको छ । अपांगता भएका व्यक्तिहरूका अधिकार कटौती र सेवा तथा सुविधा खोस्ने काम सरकारले नगर्न र आफ्ना मागहरू अभिलम्ब पुरा गराउनु पर्ने बताएको छ । सरकारले आफ्ना मागको सुनुवाइ नगरेमा अधिकार र सेवा तथा सुविधा प्राप्तिका लागि राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, रौतहट कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here