सर्लाही १७ असाेज । सर्लाहीमा माछा मार्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १२ स्थित लखनदेही खोलामा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोहि नगरपालिका-१४ बस्ने बाराको निजगढ घर भएका ३८ वर्षीय वीरबहादुर गोले छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here