रौतहट १७ असोज । रौतहट जिल्लाको यमुनामाई गाउपालिकाको वडा नम्बर २ भेडीयाहीका शंकर राय यादवका १२ बर्षिय छोरी ममिता कुमारी यादवको झाझ खोलामा शुक्रबार डुबेर मृत्यु भएको हो । शुक्रबार दिउसो नुहाउन गएका यादवको नुहाउन क्रममा डुबेर मृत्यु भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव पोष्टमार्टमको लागि गौर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here