काठमाडौं, १६ असोज । नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १४ हजार ७ सय ३९ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार २७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । उनले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ४ सय ४५ पुगेको बताए । यस्तै पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै कोरोना संक्रमित स्वस्थ भएका छन् । प्रवक्ता डा गौतमले नेपालमा पछिल्लो २४ घन्टामा नेपालभर ३ हजार ३ सय ७ जना कोरोना संक्रमित स्वस्थ भएको बताए ।  यो सँगै नेपालमा कोरोना संक्रमपछि निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । यो दर कुल संक्रमितको ७३ दशमलव ६ प्रतिशत हो । हाल नेपालमा २१ हजार २ सय ३४ सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here