काठमाडौं, १६ असोज । नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ जना महिला र ७ जना पुरुषहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका २७ वर्षीय, ललिपुरका ३२ र ७० वर्षी दुई जना पुरुष, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय, बाँकेका ५२ र ५९ वर्षीय गरि ७ जना पुरुषहरु रहेका छन् । यस्तै भक्तपुरकी ६१ र ५१ वर्षीया दुई जना महिला, काठमाडौंकी ६७ वर्षीय र सुर्खेतकी ७५ वर्षीया गरि ४ जना महिलाहरुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६५ प्रतिशत हो । यस्तै हाल नेपालभर कोरोना संक्रमणका कारण बिरामी भएकामध्ये २ सय १० जनाको आईसीयूमा उपचार भइरहेको छ भने २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here