रौतहट,१५ असोज ।
रौतहटका एक कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ का ७४ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको असोज ८ गते पीसीआरका लागि स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । रौतहटमा यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here