काठमाडौं, १५ असोज । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ महिला र १० पुरुष गरि थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ३ जना, काठमाडौंका २ जना, भक्तपुर र ललितपुरका एक एक जना, रुपन्देहीका ३ जना र बाँकेकी एक जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६५ प्रतिशत हो । यस्तै हाल नेपालभार २ सय २० जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने २५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here